झारफुकको क्रममा किशोरीको हत्या, ‘माता’ भनिने झाक्री पक्राउपछि ५ दिनको म्याद थप

काठमाडौं । झारफुक गर्ने ‘माता’को विश्वासमा पर्दा एक किशोरीको ज्यान गएको छ। सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी-२ की १४ वर्षीय किशोरीको शनिबार मृत्यु भएको काठमाडौं प्रहरी परिसरका प्रहरी उपरीक्षक (एसपी) दिनेश मैनालीले बताए।

उनका अनुसार केही महिनादेखि बिरामी रहेकी किशोरीलाई उनकी आमाले २२ दिनअघि आफूलाई माता बताउने उमा शाही ठकुरीको काठमाडौंको नागार्जुन-१ रानीवन पानी ट्याङ्कीनजिकै रहेको झारफुक केन्द्रमा लगेकी थिइन्।

‘अनुसन्धान गर्ने क्रममा मृतकलाई निजको आमाले २२ दिन पहिले उपचारको लागि माता भनिने वर्ष ४८ की उमा शाकी ठकुरीको झारफुक केन्द्रमा ल्याइ छाडेको भन्ने बुझिन आएको छ।

निज उमा शाही ठकुरीलाई नियन्त्रणमा लिई कर्तव्य ज्यान कसुरमा सम्मानित काठमाडौं जिल्ला अदालतबाट दिन ५ को म्याद लिई थप अनुसन्धान भइरहेको छ,’ एसपी मैनालीद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

Related posts