सिरहाको लहानमा सुपर डान्स च्यामपियन्सिप हुने जानकारीको लागि पत्रकार सम्मेलन

महेश सिंह
सिरहा, पुस २६ । सिरहाको लहानमा सुपर डान्स च्यामपियन्सिप हुने भएको छ् । केएआर प्रोडकसनद्वारा लहानमा बृहत राष्ट्रिय सुपर डान्स च्यामपियन्सिप कार्यक्रमको आयोजना गरेको छ् । समाजको बिकृती माथी अवाज आफनो सांस्कृतिक परम्पराको जगेर्ना र पहिचान कायम गर्ने उदेश्यले उक्त कार्यक्रमको आयोजना गरिएको KSR production का संचालक सुजित रुचालले जानकारी दिनु भयो।

सुपर डान्स च्यामपियन्सिप कार्यक्रमको अडिसन राउन्ड २०७८ माघ २ र ५ गते सिरहाको लहानमा हुने आयोजक संस्थाका संयोजक सुजित रुचालले जानकारी दिनु भयो।कार्यक्रममा करिब ५० देखि १०० जना कलाकर्मीहरुको सहभागीता रहने अपेक्षा गरेका छन् । उक्त कार्यक्रममा सांस्कृतिक नृत्य राष्ट्रिय कलाकारको प्रस्तुति समाजिक अभियान लगायतका प्रस्तुति रहने आयोजकले जानकारी दिनु भयो।

नेपालमा विभिन्न जात जाति धर्म संस्कृतिकका ब्यक्तिहरु बसोबास गर्ने गरेका छन् । आफनो संस्कृति भाषा पहिचान जोगाउन र सबै आ-आफ्नो तरिकाबाट बाँच्न पाउनु सबैको अधिकार हो । देशमा बिबिधता र सांस्कृति परम्पराको रक्षा गर्नु सबैको दायित्व रहेको रुचालले बताए।

सिरहा जिल्ला एउटा पर्यटकीय गन्तव्यको रूपमा स्थापीत रहेको उनले बताए।सिरहाको ऐतिहासिक र सांस्कृतिक सम्पदालाई राष्ट्रिय स्तरमा चिनाउन उक्त कार्यक्रमको आयोजना गरेको आयोजक संस्थाको अधिकारीक ब्यक्ती सुजित रुचालले बताए।संचालक रुचालले बिगत लामो समय देखि सांगीतिक क्षेत्रमा लगेका हुन्।उनले बाल्यकाल देखि नै संगितको क्षेत्रमा लागेका हुन्।बिगतमा उनले गरेका कामहरु समाजमा जगजाहेर रहेको छ्।

नयाँ पुस्तामा भएको सांस्कृतिक प्रतिभालाई उजागर गर्न र प्रतिभामा निखार्ता ल्याउन उनले नेपालका काठमाडौं लगायत तराई मधेसका मिथिला क्षेत्रमा पछाडि परेका युवा युवतीहरुलाई माथी उकास्न बिगत पाँच बर्ष अगाडी नेपालका महानायक राजेश हमालको उपस्थितिमा सिरहाको लहान स्थित रहेको होटेल दरवारमा मिस सिरहाको बृहत आयोजना गरेको थियो।

सिरहाको लहान नगरपालिकामा जन्मिनु भएका रुचालको दर्जनौं फिल्म र मैथिली नेपाली एल्बमहरु बजारमा उपलब्ध रहेका छन।

Related posts