निर्वाचन आयोगले आह्वान गरेको सर्वदलीय बैठक आज बस्दै

काठमाडौं । निर्वाचन आयोगको आह्वान गरेको सर्वदलीय बैठक आज बस्दैछ । शुक्रबार ११ बजे बस्ने भनिएको बैठकमा राष्ट्रिय सभा र स्थानीय तहको निर्वाचनका साथै मतदाता नामावली अद्यावधिकबारे पनि छलफल हुने निर्वाचन आयोगले जनाएको छ।

निर्वाचन आयोगका अनुसार बैठकमा संघ र प्रदेशमा भाग लिने राजनीतिक दलले सहभागिता जनाउनेछन्।

माघ १२ गते राष्ट्रिय सभाको निर्वाचन हुँदैछ भने यस्तै २०७९ साल वैशाख २० गते ७५३ वटै स्थानीय तहको निर्वाचन गर्ने तयारीमा आयोग जुटिरहेको निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बताएका छन्।

Related posts