दशरथ रंगशालामा कुल क्षमताको एकतिहाइ मात्रै दर्शक राख्ने, खोपकार्ड अनिवार्य

काठमाडौं । माघ ७ देखि खेलकुद रंगशालामा प्रवेश गर्दा खोपकार्ड अनिवार्य गरिएको छ। रंगशालमा दर्शकसहितको खेलकुद कार्यक्रम गर्दा एकपटकमा कुल क्षमताको एकतिहाइ मात्र उपस्थित रहने गरी सरकारले ३६ बुँदे आदेश जारी गर्दै खोपकार्ड अनिवार्य गरेको हो।

उपस्थित दर्शकमध्ये आयोजकको खर्चमा एक तिहाई दर्शकलाई रेण्डम छनोटको आधारमा एन्टिजेन परिक्षण गर्ने व्यवस्था मिलाउन आदेश दिइएको छ।

माघ ७ गते पश्चात खेलकुद कार्यक्रममा खोपको मात्र पूरा गरेका व्यक्तिहरुलाई मात्र खोपकार्डका आधारमा रंगशालामा प्रवेश गर्न दिइने सो आदेशमा उल्लेख छ।

Related posts