रौतहट क्रिकेट संघको अध्यक्षमा पवनकुमार गुप्ता चयन

बिनोद मण्डल
सिरहा, ०६ माघ । जिल्ला क्रिकेट संघ रौतहटको पाँचौँ साधारण सभाले पवनकुमार गुप्तालाई अध्यक्षमा चयन गरेको छ।

साधारणसभाले पुरानै कार्यसमितिलाई थप एक कार्यकालका लागि निर्विरोध चयन गरेको हो। गौरमा सम्पन्न साधारणसभाले उपाध्यक्षमा मनोज शर्मा, सचिवमा प्रमोद साह र कोषाध्यक्षमा विक्रान्त विक्रम नेपाललाई चयन गरेको छ।

सदस्यहरूमा गौतम श्रेष्ठ, उत्तम भट्टराई, जितेन्द्रकुमार भारती, शिवराज मुखिया, सागर यादव, मनोज जयसवाल, राजेश साह, राजिनन्द साह, प्रमोद मुखिया, सञ्जय सिंह र रेखा देवी चयन भएका छन्।

कार्यसमिति चार वर्षका लागि रहनेछ। साधारण सभामा राष्ट्रिय खेलकुद विकास समिति रौतहटका प्रमुख वीरेन्द्र ढुंगाना, नेपाल क्रिकेट संघका केन्द्रीय कोषाध्यक्ष रोशनकुमार सिंहलगायतको उपस्थिति रहेको थियो।

Related posts