सुनको मूल्य एक हजार बढ्यो

काठमाडौँ, ०६ माघ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबार छापावाल सुन प्रतितोला ९३ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको जनाएको छ।

बुधबारको तुलनामा बिहीबार सुन तोलामा एक हजार रुपैयाँले बढेको छ। महास‌ंघका अनुसार बुधबार छापावाल सुन तोलाको ९२ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।

बिहीबार तेजावी सुनको मूल्य तोलाको ९३ हजार २०० सय रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ प्रतितोला एक हजार ३१५ रुपैयाँ कायम भएको छ।

Related posts