त्रिभुवन विश्वविद्यालयका सबै परीक्षा स्थगित

काठमाडौ । त्रिभुवन विश्वविद्यालयले कोरोना भाइरसको संक्रमणका कारण सबै परीक्षा स्थगित गरेको छ।

बिहीबार बसेको त्रिवि केन्द्रीय परीक्षा सञ्चालक समितिको बैठकले माघ ९ गतेदेखि सञ्चालन भइरहेका सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको हो।

त्रिविले वार्षिक प्रणाली तथा सेमेस्टर प्रणालीका सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको हो। रोकिएका परीक्षा हुने बारे परीक्षा नियन्त्रण कार्यालयले अर्को निर्णय गर्ने जनाएको छ।

photo 2022 01 20 03 00 42

Related posts