डाक्टरको परीक्षामा नक्कली परीक्षार्थी, तीन जना पक्राउ

काठमाडौं, माघ ९ । चिकित्सा शिक्षा आयोगले लिएको एमडी र एमएसको प्रवेश परीक्षामा परीक्षा दिने एक नक्कली परीक्षार्थीसहित तीनलाई प्रहरीले पक्राउ गरेको छ ।

केन्द्रीय अनुसन्धान ब्युरोका अनुसार गत माघ ८ गते (आइतबार) काठमाडौँको एलआरआई स्कुल भएको प्रवेश परीक्षामा नक्कली परीक्षार्थीसहित परीक्षामा बिचौलियाको रूपमा नक्कली परीक्षार्थीलाई सहयोग गर्ने र परीक्षामा अमर्यादित कार्य गर्नेहरूलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा नक्कली परीक्षार्थी बनेका भारतको उत्तर प्रदेश घर भएका ३० वर्षीय जितेन्द्रकुमार मिश्रा, मिश्रालाई सहयोग गर्ने भारतको विहार घर भएका ३४ वर्षीय शशिभूषण सिंह तथा अमर्यादित कार्य गर्ने विहार नै घर भएका ३२ वर्षीय कृष्णा मुरारी रहेका छन् ।

उनीहरूमाथि शिक्षा ऐन, २०२८ बमोजिमको कसुरमा थप अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ ।

Related posts