सिरहामा बन्चरो प्रहार गरी आफ्नै छोराको हत्या

सिरहा, ११ माघ । सिरहामा बुबाले बन्चरो प्रहार गरेर छोराको हत्या गरेका छन् ।

जिल्लाको सखुवानन्कारकट्टी गाउँपालिका वडा नम्वर २ पटनामा आज (मंगलबार) बिहान ६० वर्षीय सोनाई सदायले आफ्नै २० वर्षीय छोरा परमेश्वर सदायको बन्चरो प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायव उपरीक्षक सुवास बुढाथोकीले जानकारी दिए ।

घरायसी विवादमा दुबै जनाबीच विवाद हुँदा घटना घटेको प्रहरीको भनाई छ । अहिले बन्चरो प्रहार गर्ने बुवा सोनाईलाई पक्राउ गरी अनुसन्धान शुरु गरेको प्रहरीले जनाएको छ ।

Related posts