प्रदेश १ मा गठबन्धनलाई भाग्यको पनि साथ, गोलाप्रथामा बस्नेत विजयी

विराटनगर । प्रदेश १ मा गठबन्धनका उम्मेद्वारले गोलाप्रथाबाट जितेका छन् । राष्ट्रियसभा सदस्य चुनावमा अन्यतर्फ गठबन्धनबाट उम्मेद्वार बनेका कांग्रेसका गोपाल बस्नेत र एमालेका गुरु बरालबीच मत बराबर भएपछि गोलाप्रथा गरिएको थियो।

गोला तान्दा बस्नेत विजयी भएका हुन् । उनीहरु दुवै जनाले ४४८८ मतभार पाएका थिए। बस्नेतले प्रदेश सांसद ५० र स्थानीय तहका प्रमुख र उपप्रमुख गरी ११६ मत प्राप्त गरेका थिए भने बराललाई प्रदेशसभाबाट ३८ र स्थानीय तहबाट १४८ जनाले मतदान गरेका थिए।

प्रदेश १ बाट महिलातर्फ गठबन्धकी उम्मेद्वार समाजवादीकी जयन्ती राई विजयी भएकी छिन् भने अल्पसंख्यक तर्फ एमालेका सोनम ग्याल्जेन शेर्पा विजयी भएका छन्। उनले हेमराज राईलाई पराजित गर्दै गठबन्धनको घेरा तोडेका छन्।

Related posts