नेपालमा ५ देखि ११ वर्ष उमेर समूहलाई कोरोना भाइरसविरुद्धको खोप लगाइने

काठमाडौं । नेपालमा ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई कोरोना भाइरस विरुद्धको खोप लगाइने भएको छ। सरकारले दुई महिनाभित्र सो उमेर समूहका बालबालिकालाई खोप लगाउने तयारी थालेको हो।

उक्त उमेर समूहका बालबालिका फाइजर खोप लगाउने प्रक्रिया अगाडि बढाइसकेको स्वास्थ्य सेवा विभाग अन्तर्गत आपूर्ति व्यवस्था महाशाखाका निर्देशक डा. रुद्र मरासिनीले जानकारी दिए।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा डा. मरासिनीले सोही उमेर समूहका बालबालिकालाई लगाउन ८४ लाख फाइजर खोप खरिद प्रक्रिया अगाडि बढाइसकेको बताएका हुन्।

यसअघि विभिन्न सरोकारवालाले ५ वर्षदेखि ११ उमेरका बालबालिका खोप दिन सरकालाई सुझाव दिइसकको छन्।

Related posts