स्रोत नखुलेको साढे १३ लाखसहित एक जना पक्राउ

बिनोद मण्डल
धनुषा । धनुषा जिल्लाको विदेह नगरपालिका–९ बाट सशस्त्र प्रहरीले १३ लाख ४० हजार नेपाली रुपैयाँसहित एक जनालाई पक्राउ गरेकाे छ।

पक्राउ पर्नेमा जनकपुर उपमहानगरपालिका ९ बस्ने ४२ वर्षीय सरोज कुमार सिंह रहेका छन्। मोटरसाइकलमा सवार उनलाई सशस्त्र प्रहरी बल नेपाल फरवार्ड सुरक्षा वेश ईटहर्वाबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनको साथमा फेला परेको उक्त रुपैयाँको स्राेत खुलाउन नसकेपछि पक्राउ गरिएको हो।

पक्राउ परेका सिंहलाई बरामद रुपैयाँ र उक्त मोटरसाइकलसहित आवश्यक कारबाहीको लागि भन्सार कार्यालय जनकपुरमा बुझाइएको सशस्त्रले जनाएको छ।

Related posts