काठमाडौं, माघ २७ । बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा बर्दियाबाट एक युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा जिल्लाको बाँसगढी नगरपालिका–४ अस्नेरीका २९ वर्षीय वीरबहादुर रोका रहेका छन् । बुधबार राति १२ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय मोतीपुरले यस घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।






