मधेश प्रदेशमा फागुन १ गते सार्वजनिक विदा

धनुषा, माघ २८ । मधेश प्रदेश सरकारले जनयुद्ध दिवसको अवसरमा फागुन १ गते सार्वजनिक विदा दिने घोषणा गरेको छ ।

शुक्रबार मधेश सरकारका आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहले एक विज्ञप्ति जारी गर्दै आइतबार २७औं जनयुद्ध दिवसको अवसरमा सार्वजनिक विदा दिने निर्णय भएको जानकारी दिएका हुन् ।

मधेश सरकारमा नेकपा माओवादी केन्द्र सहभागी भएपछि पहिलोपटक सरकारले औपचारिक रुपमा जनयुद्ध दिवस मनाउन लागेको हो । यसअघि सत्तारुढ दल जसपा नेपालले भने मधेश आन्दोलनसँग केन्द्रित रहेर विभिन्न कार्यक्रमहरु गदै आएको थियो ।

जनयुद्धको दिवसको अवसरमा मधेश सरकारले शहीद परिवारलाई जनही तीन/तीन लाख रुपैयाँ दिइने घोषणा समेत गरिसकेको छ ।

photo 2022 02 11 07 42 20

Related posts