काठमाडौं, फागुन २ । शताब्दी पुरुष सत्यमोहन जोशी ६ दिनको उपचारपछि घर फर्किएका छन् ।
गत मंगलबार श्वासप्रश्वासमा समस्या देखिएपछि उनी ललितपुरको किस्ट हस्पिटलमा भर्ना भएका थिए ।
उनलाई छातीमा निमोनिया र पिसाबमा संक्रमण देखिएका कारण समस्या भएको उपचारमा संलग्न चिकित्सकहरूले जनाएका थिए ।
उनी सोमबार दिउँसो हस्पिटलबाट ‘डिस्चार्ज’ भएका हुन् ।






