लुम्बिनी प्रदेशको चौथो स्थापना दिवस यस्तो देखियो(तस्बिरहरु)

जगत ठाडा मगर
दाङ, फागुन ३ । लुम्बिनी प्रदेशको चौथो स्थापना दिवसमा मुख्यमन्त्री कुलप्रसाद केसीले लुम्बिनी प्रदेशलाई समृद्ध बनाउको लागि अधिकतम प्रयास गरेको बताएका छन्।

प्रदेशको लागि करिब चार वर्ष उपलब्धिको वर्ष भएको समेत बताए। लुम्बिनी प्रदेश स्थापना दिवसको अवसरमा दाङको राप्ती उपत्यका देउखुरीमा आयोजना गरिएको मुल समारोहलाई सम्बोधन गर्दै वहाँले आगामी वर्ष सरकारका लागि थप उपलब्धिको वर्ष हुने दावी गरे। ‘लुम्बिनी प्रदेशवासीको लागि चार वर्ष उपलब्धिमूलक वर्ष बनेको छ। आगामी दिनमा अझै प्रभाकारी रुपमा अगाडि बढाउनु छ,’ उनले भने, ‘प्रदेश समृद्धिको यात्रामा छ।’

राजनीतिक एकता र सहकार्यमा जोड दिएको उनले उल्लेख गरे। ‘सरकारको ३ वर्ष राजनीतिक हिसाबले एकल जस्तो थियो,’ उनले भने, ‘पछिल्लो एक वर्ष नयाँ राजनीतिक सहकार्यतामा सरकार निर्माण भएकोले जनतालाई सेवा प्रवाहमा सहजता मिलेको छ।’उनले लुम्बिनी प्रदेश सरकारले प्रदेशवासी जनताको गास, बास, कपास, शिक्षा स्वास्थ्य लगायत सबै पक्षको सुधारका गर्नका लागि निरन्तर प्रतिवद्ध बताए।

यस्तै लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवसमा विभिन्न क्षेत्रमा योगदान पुर्‍याएको भन्दै ५७ जनालाई प्रदेश पदकले विभूषित गरेको छ। गणतन्त्र प्राप्तिमा योगदान पुर्‍याउने १० वटा विधाका पदकबाट ५७ जनालाई विभूषित गरिएको हो।

photo 2022 02 15 04 54 21

photo 2022 02 15 04 54 40

photo 2022 02 15 04 55 04

photo 2022 02 15 04 55 36

Related posts