धरान-भेडेटार सडकखण्डमा पर्ने जंगलमा जेब्रा झोलाभित्र मानिसको टाउको र खुट्टा भेटियो

धरान, फागुन ५ । धरान-भेडेटार सडकखण्डमा पर्ने जंगलमा जेब्रा झोलाभित्र मानिसको टाउको र खुट्टा फेला परेको छ । प्रहरीका अनुसार बुधबार साँझ जेब्रा झोलाभित्र मानिसको टाउको र खुट्टा भेटिएको हो ।

जंगलमा दाउरा खोज्न गएका स्थानीयले जेब्रा झोलाभित्र टाउको र खुट्टा देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले टाउको र दाहिने खुट्टा फेला परेको जनाएको छ । टाउको पुरुषको जस्तो देखिए पनि पहिचान खुल्न नसकेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

अहिले घटनास्थलतर्फ कुकुरसहित प्रहरी टोली खटिएको छ । घटनाबारे इलाका प्रहरी कार्यालय धरानले अनुसन्धान गरिरहेको छ ।

Related posts