रौतहटमा भएको सवारी दुर्घटनामा १ जनाको मृत्यु

रौतहट, फागुन ६ । रौतहटको दुर्गा भगवती गाँउपालिका–२ कर्बोलमा बिहीबार साँझ भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

पिपराबाट सुकदेवचोकतर्फ जाँदै गरेको ना २ त ८६०५ नम्बरको ट्रयाक्टरले बिपरित दिशाबाट आउँदै गरेको भारतीय नम्बरको मोटरसाईकललाई बिहीबार बेलुकी साढे ७ बजेतिर ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते भएका मोटरसाईकल चालकको जिल्ला सरकारी अस्पताल गौरमा उपचारको क्रममा मृत्यु भएको हो ।

मृतकको सनाखत हुन बाँकी रहेको छ । दुर्घटना पश्चात ट्रयाक्टर चालक फरार रहेकाले खोजीकार्य भइरहेको ईलाका प्रहरी कार्यालय गंगापिपरा रौतहटले जनाएको छ ।

Related posts