उदयपुरमा बलात्कार गरेको आरोपमा एक युवक पक्राउ

उदयपुर । उदयपुरमा १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन्।

उदयपुरगढी गाउँपालिका – ८ गडरे बस्ने २९ वर्षीय मनोज कुमार राईलाई शनिबार प्रहरीले पक्राउ गरेको हो।

राईले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

Related posts