एमसिसीमाथि छलफल गर्ने, प्रस्ताव सांसदबाट बहुमतले स्वीकृत

काठमाडौं, फागुन १५ । प्रतिनिधि सभाले एमसिसीमाथि छलफल गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत गरेको छ।

नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) बीच भएको अनुदान सहायता सम्झौतामाथि छलफल गरियोस् भन्ने प्रस्ताव स्वीकृत भएको सभामुख अग्निप्रसाद सापकोटाले घोषणा गरेका हुन्।

प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले प्रस्तावका सम्बन्धमा पक्षविपक्षमा उठेका प्रश्नको जवाफ दिएका थिए ।

Related posts