अभिनेता पल शाहलाई बयानका लागि तनहुँबाट गैंडाकोट लगियो

दमौली, फागुन १७ । जिल्ला प्रहरी कार्यालय तनहुँमा बयान सकिएपछि प्रहरीले अभिनेता पल शाहलाई नवलपुरको गैंडाकोटतर्फ लगेको छ।

बलात्कारको आरोपमा प्रहरी हिरासतमा रहेका शाहलाई पीडित नाबालिगको उजुरीको आधारमा प्रहरीले तनहूँबाट गैडाकोट लगेको हो।

गैँडाकोट–५ स्थित गैँडाकोट रिसोर्टमा विसं २०७७ चैत ७ गते गीत सुटिङका क्रममा कलाकार पल शाहबाट बलात्कृत भएको भन्दै गायिकाले उजुरी दिएकी थिइन्।

Related posts