जर्नेलले नावालक छोरालाई बर्दी भिराएर टिकटक बनाउन लगाएपछि…

काठमाडौ । भूतपूर्व एक तारे जर्नेल धर्म बानियाँले उमेर नपुगेको छोरालाई आफ्नो बर्दी भिराएर टिक टक बनाउन लगाएका छन् । सेनाजस्तो संवेदनशील सुरक्षा निकायको उपल्लो तहबाट अवकाशप्राप्त अधिकारीले आफ्नो बर्दी अरुलाई लगाउन दिनु नै गम्भीर अपराध हुने सैनिक अधिकारीहरु बताउँछन् ।

बानियाँको किशोर उमेरका छोराले जर्नेल पिताको पूर्ण पोशाक लगाएर सामाजिक सञ्जालमा पोष्ट गरेपछि उक्त विषयमा बहस शुरु भएको छ । सुरक्षा निकायका कर्मचारी र अधिकारीहरु सेवानिवृत्त भए पनि पदीय दायित्य पूरा गर्ने क्रममा पाएका पोशाक,फुली र तक्माको हिफाजत गर्ने प्रमुख जिम्मेवारी सम्बन्धित व्यक्तिको भएको हो ।

बानियाँका छोराले पोशाक लगाउँदै हालेको फोटोमा लेखेका छन्, ‘सेनाका निकै आदरणीय जर्नेलहरुमध्येमा पर्नुहुने मेरा पिता धर्म बानियाँको छोरो हुन पाउँदा गौरवान्वित ठानेको छु ।’

“सैनिक प्रवक्ता नारायण सिलवालको धारणा बुझ्दा उहाँले फोटो, बालकको उमेर र सन्दर्भ हेर्न नपाएकाले तत्काल ठ्याक्कै र किटानीसाथ भन्न नसकिने बताउनुभयो ।”

photo 2022 03 25 14 01 37

यससम्बन्धमा नेपाली सेनाका एक जना भूतपूर्व दुई तारे जर्नेलले भने,‘यस्तो गर्न दिने उनका पिताको नैतिक अपचलन भएको मानिन्छ । उनले नैतिक दायित्व वहन गरेको देखिएन । उमेर नपुगेका छोराछोरीलाई राज्यको सबैभन्दा महत्वपूर्ण निकायले उपलब्ध गराएको पोशाक लगाएर गाईजात्रा देखाउन दिनु ठूलो दोष हो ।’

उमेर पुगेका कसैले पनि सुरक्षा निकायको फुलीसहितको पोशाक लगाएमा ऊ कारवाहीमा स्वतः पर्छ । तर बानियाँ पुत्रको हकमा उमेर नपुगेकोले सबै जिम्मेवारी उनको पिताले लिनुपर्ने सेनाका भूतपूर्व अधिकारीहरुको भनाइ छ ।

उनै जर्नेलले विगतको एउटा उदाहरण दिँदै भने, ‘एक जना ठूलै हाकिमले सैनिक पोशाकको फोटो हालेर लेख छापेपछि कारवाहीको दायरामा परेका थिए । त्यसैले त्यस्तो संवेदनशील पोशाक घरमा ल्याएर जतन गर्न नसक्नेले किन ल्याउनु ? आफूले त ल्याइएको छैन,टण्टै साफ ।’

सोही सन्दर्भमा सैनिक प्रवक्ता नारायण सिलवालको धारणा बुझ्दा उहाँले फोटो, बालकको उमेर र सन्दर्भ हेर्न नपाएकाले तत्काल ठ्याक्कै र किटानीसाथ भन्न नसकिने बताउनुभयो । उहाँले भन्नुभयो, ‘त्यसो भएको छ भने,त्यो राम्रो होइन । सेनाको पदीय मर्यादा र गरिमामा आँच आउने खालका कार्य गर्न कसैलाई पनि छुट छैन ।’ जन आस्थाबाट साभार

Related posts