चितवनमा दुई मोटरसाइकल आपसमा ठोक्किँदा एक युवकको मृत्यु

चितवन, चैत १४ । चितवनको कालिका नगरपालिका – ६ मा दुईवटा मोटरसाइकल आपसमा ठोक्किँदा एक युवकको मृत्यु भएको छ ।

खोलेसिमलबाट मिलिजुलीचोकतर्फ जाँदै गरेको बा७१प ९५९५ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको ना३२प ६५३३ नम्बरको मोटरसाइकल आइतबार साँझ करिब पौने ६ बजे आपसमा ठोक्किएका थिए ।

दुर्घटनामा गम्भीर घाइते भएका ९५९५ नम्बरका मोटरसाइकल चालक चितवनको रत्ननगर नगरपालिका १२ का १९ वर्षीय प्रविन परियारको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो ।

दुवै मोटरसाइकलसहित अर्का मोटरसाइकल चालकलाई नियन्त्रणमा लिइ अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Related posts