काठमाडौं, चैत १८ । पछिल्लो २४ घण्टामा देशभर २२ जना कोरोना संक्रमित थपिएका छन् । तीन हजार ८३५ जनाको नमुना परीक्षण गर्दा २२ जनामा संक्रमण देखिएको हो ।
सोही अवधिमा संक्रमणका कारण मृत्यु हुनेको संख्या शून्य छ । अहिलेसम्म नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ९५१ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा ७५ जना संक्रमणमुक्त भएका छन् । हाल नेपालमा कोभिड १९ का सक्रिय संक्रमितको संख्या एक हजार २२ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।






