आचारसंहितामा समस्याजनक प्रावधान राखिएको भन्दै डिजिटल राइट्सद्वारा निर्वाचन आयोगलाई ध्यानाकर्षण

काठमाडौ । निर्वाचन आचारसंहितामा समस्याजनक प्रावधान राखिएको भन्दै डिजिटल राइट्स नेपालले ध्यानाकर्षण गराएको छ। डिजिटल राइट्सले आचारसंहिता संशोधन गरेर मात्रै कार्यान्वनय गर्न गराउन निर्वाचन आयोगलाई पत्रमार्फत ध्यानाकर्षण गराएको हो।

डिजिटल राइट्सका अध्यक्ष अधिवक्ता सन्तोष सिग्देलका अनुसार इन्टरनेट तथा सामाजिक सञ्जालको प्रयोगलाई नियमन गर्नेक्रममा नागरिकको अभिव्यक्ति स्वतन्त्रताको अधिकारलगायतमा प्रभाव पर्ने विश्लेषणसहित आयोगलाई ध्यानाकर्षण गराइएको हो।

डिजिटल राइट्सले नागरिक तथा राजनीतिक अधिकारको दृष्टिकोणबाट निर्वाचन आचारसंहितामा रहेको प्रावधानहरुको विश्लेषणसहितको ज्ञापनपत्र आयोगलाई बुझाएको छ । संस्थाले यससम्बन्धमा परामर्श आवश्यक परे तयार रहेको जनाएको छ। यसको बोधार्थ राष्ट्रिय मानवअधिकार आयोग र राष्ट्रिय सूचना आयोगलाई समेत गराइएको छ । तलको लिङ्क खोलेर हेर्नुहोला । https://drive.google.com/file/d/1MAUdLgBDlW_nE5wUrSH3Rp5e1cfVSeJj/view?usp=drivesdk

Related posts