करमहुसैन अन्सारीद्वारा नयाँ वर्षको शुभकामना व्यक्त

खुरसेद हजाम
नवलपरासी । नवलपरासी जिल्ला प्रतापपुर गाउँपालिका जनता प्रगतिशील पार्टी प्रतापपुर गाउँपालिका कार्यसमितिका अध्यक्ष तथा प्रतापपुर गाउँपालिका अध्यक्षका उम्मेदवार करमहुसैन अन्सारीले नयाँ वर्ष २०७९ को शुभ अवसरमा प्रतापपुर गाउँपालिकाबासी तथा बूबाआमा, दाजुभाई, दिदिबहिनी, ईष्टमित्र र कर्मचारी लगायत समस्त नेपालीहरू प्रति शुभकामना व्यक्त गरेका छन ।

अन्सारीले देश तथा विदेशमा रहनु भएका सम्पुर्ण नेपालीजनहरुमा शुभकामना व्यक्त गरेका छन । नेपाल नयाँ वर्ष २०७९ को अवसरमा सम्पुर्ण नगरबासी तथा नेपाली जनता बीचको आपसी भाईचारा परम्परा सम्मान एकताका निमित्त प्रगति, सुस्वास्थ्य मंगलमय शुभकामना व्यक्त गरेका हुन । साथै प्रतापपुर गाउँपालिकामा अध्यक्ष पदको उमेदवारी दिने बताउदै सबै सगँ सहयोग गर्ने अपील गरेका छन ।

Related posts