सिरहाको धार्मिक स्थलहरूमा व्यवस्थापनको अभाव

विनोद मण्डल
सिरहा, वैशाख ०२ । सिरहाको धार्मिक स्थलको रूपमा रहेको पतारी धाममा व्यवस्थापनको अभाव देखिएको छ ।

पर्यटन विकासको जिम्मा पाएका यहाँका गाउँपालिकाले समयमा ध्यान नदिँदा पोखरीमा फोहोर व्यवस्थापनमा कमी आउनुको साथै धनगढी बजारदेखि पतारी पुग्ने एक मात्र बाटोको विस्तारमा ध्यान नदिँदा पिप्रा भन्दा दक्षिण रहेको प्रवेश द्वारमा भक्तजनलाई मेला स्थलसम्म पुग्न हम्मेहम्मे परेको थियो ।

गाडी पार्किङ र ट्राफिक प्रहरीको उचित व्यवस्थापन नहुँदा बाटोमा गाडिहरु घण्टौं लाइनमा बस्नु पर्ने बाध्यता रहेको थियो । छिमेकी राष्ट्र भारतबाट आएका भक्तजनले गाडीमुनी बसेर रात बिताउन विवश भएका थिए ।

पर्यटन विकासका लागि पालिकाले निकासा गरेको बजेटको उचित प्रयोग भए नभएको यस विषयमा सम्बन्धित निकायले तत्काल ध्यान दिनुपर्ने देखिन्छ ।

Related posts