बहुजन शक्ति पार्टी वडा समिति कृष्णनगर – १० गठन वडाध्यक्ष प्रत्याशीमा चतुर्वेदी आउने

कपिलवस्तु बैशाख २ । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं १० मा बहुजन शक्ति पार्टीको वडा समिति गठन भएको छ l प्रमुख अतिथिमा बहुजन शक्ति पार्टीका प्रदेश अध्यक्ष एहसान अहमद खां, विशिष्ट अतिथिमा बहुजन शक्ति पार्टीका केन्द्रीय सदस्य गौरी शंकर कोरी, जिल्ला बरिष्ठ सल्लाहकार बाबुराम कोरी तथा घनश्याम प्रसाद चतुर्वेदीको आयोजनामा कार्यक्रम सम्पन्न भएको छ l

कार्यक्रममा बोल्दै प्रमुख अतिथि खानले दलितहरूको उत्थान जरूरी रहेको बताउदै विकासका गतिविधिमा सबैको साथ र सहयोग चाहिने बताउनुभयो । घनश्याम प्रसाद चतुर्वेदीको अध्यक्षतामा ११ सदस्यीय वडा समिति गठन गरिनुका साथै बहुजन शक्ति पार्टी कृष्णनगर नगरपालिका वडा नं १० बाट घनश्याम प्रसाद चतुर्वेदीको नाम वडाध्यक्षमा सिफारिश गरिएको जानकारी दिएको छ l कार्यक्रममा सयौंको संख्यामा उपस्थित रहेको थियो l

Related posts