जुम्लामा हावाहुरीले विद्यालयको छाना उडाएपछि पठनपाठन प्रभावित

जुम्ला । जुम्लाको पूर्वी भेगमा पर्ने गुठीचौर गाउँपालिकामा हावाहुरीले विद्यालयको छाना उडाएपछि पठनपाठन प्रभावित भएको छ।

गुठीचौर– ३ गज्याङकोट गाउँस्थित शंकर बहुउद्देश्यीय माध्यमिक विद्यालयको छाना हावाहुरीले उडाएको हो।

दुईकोठे विद्यालय भवनको छाना हावाहुरीले उडाएपछि दुई लाख ५० हजार रुपैयाँबराबरको क्षति भएको विद्यालयका प्रधानाध्यापक एकराज बुढाले जानकारी दिए।

टिनको छाना उडाउँदा भित्र रहेका डेस्क–बेन्चलगायत अन्य शैक्षिक सामग्री पनि पानीले भिजेर नष्ट भएको उनले बताए। ०२४ सालमा स्थापना भएको उक्त विद्यालयमा हाल दुई सय ५० विद्यार्थी अध्ययनरत छन्।

Related posts