नवलपरासीको झरही खोलामा डुबेर एक जनाको मृत्यु

नवलपरासी, बैशाख ५ । नवलपरासी (पश्चिम) को झरही खोलामा डुबेर एक जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार रामग्राम नगरपालिका–१२ स्थित झरही खोलामा डुबेर सोही वडाका कसिया निवासी ४० वर्षीय राधेश्याम चौधरीको सोमबार डुबेर मृत्यु भएको हो ।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Related posts