निर्वाचनको रिपोर्टिङका लागि पत्रकारलाई विशेष पास नचाहिने

काठमाडौं, बैशाख २८ । आसन्न स्थानीय तहको निर्वाचनमा रिपोर्टिङका लागि पत्रकारलाई विशेष पास नचाहिने भएको छ ।

नेपाल पत्रकार महासंघको आग्रहमा निर्वाचन आयोगले निर्वाचनका दिन सूचना विभागबाट जारी भएको पत्रकार परिचयका आधारमा नै सवारी चलाउन पाउने व्यवस्था गरेको महासंघका महासचिव रोशन पुरीले जानकारी दिए ।

यस्तै, प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाकाअनुसार महासंघको आग्रहमा सूचना विभागले जारी गरेको पत्रकार परिचय पत्र भएकाले विशेष पास लिनुपर्ने छैन । परिचय पत्र नहुनेको हकमा भने सञ्चार गृहले सिफारिस गरेका आधारमा पास उपलब्ध हुनेछ ।

यसअघि आयोगले विशेष पास बिना रिपोर्टिङ गर्न नपाइने व्यवस्था गरेको थियो ।

Related posts