मतपेटिका फुटाइएपछि काभ्रेको चौरी देउरालीमा मतदान स्थगित

काभ्रे, बैशाख ३० । काभ्रेकाे चौरीदेउराली गाउँपालिका–६, कात्तिके देउरालीकाे प्रभा माध्यमिक विद्यालयस्थित मतदान केन्द्रमा मतदान स्थगित भएको छ ।

मतदान केन्द्रमा विवाद हुँदा मतपेटिका फुटाइएपछि मतदान स्थगित गरिएको हो । इच्छाइएको व्यक्तिले भोट हाल्ने विषयमा विवाद भएपछि मतपेटिका तोडफोड भएको प्रहरीले जनाएको छ ।

मतदान केही समयका लागि स्थगित भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका डीएसपी हरि खतिवडाले जानकारी दिए ।

Related posts