निर्वाचन आयोगले बाबुराम भट्टराईलाई सोध्यो २४ घण्टे स्पष्टीकरण

काठमाडौं, बैशाख ३० । निर्वाचन आयोगले जनता समाजवादी पार्टीका संघीय परिषद्का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ ।

भट्टराईले मतदान गरेको मतपत्र सार्वजनिक गरेको भन्दै स्पष्टीकरण सोधिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । उनलाई २४ घण्टाभित्र जवाफ पेस गर्न भनिएको छ ।

स्थानीय तह निर्वाचनअन्तर्गत भट्टराईले आज मतदानपछि मतदान गरेको फोटो सामाजिक सांजालमार्फत सार्वजनिक गरेका थिए ।

photo 2022 05 13 15 38 12

Related posts