पश्चिम नवलपरासीबाट बालक हराएको आठ दिन बित्दा पनि पत्ता लागेन

रामजी प्रजापति
नवलपरासी, जेठ १ । पश्चिम नवलपरासीबाट बालक हराएको आठ दिन बित्दा पनि बालकको पता लागेन नवलपरासी भारतको सिमानामा रहेको महेशपुर ईदको दिन रामग्रामबाट आफ्नो मामाको घर गएर बैशाख २३ गते आफ्नो घर फर्किने क्रममा हराएको हो।

ठुठि वारी जाने नदिको छेउमा रहेको बाटो भएर परासी आउने क्रममा हराएको भनेर घरको गार्जेनको भनाइ छ। बालकको नाम मोहम्मद सहिद अन्सारी हो । उनको उमेर १३ बर्षको रहेको छ भने घर पश्चिम नवलपरासीको घोडपाली ३ मा रहेको छ ।

पिडित पक्षले निवेदन दिएतापनि अहिलेसम्म प्रशासनले खोज्न सकेको छैन । पुुरा परिवार एकदमै चिन्तित भएका छन परिवारको भनाई अनुसार उक्त बालक रातो साईकलमा गुलाबी सर्ट र हरियो पायन्ट लगाएर मामाको घरबाट निस्केको भनेर जानकारी दिएका हुन ।

Related posts