काठमाडौंको भोटेबहालस्थित एक पसलमा आगलागी

काठमाडौं, जेठ ९ । काठमाडौंको भोटेबहालस्थित एक पसलमा आगलागी भएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार विद्युतीय सामग्री बिक्री गर्ने एक पसलमा आगलागी भएको हो ।

आगलागी नियन्त्रणका लागि महानगरपालिका सहितको ३ वटा दमकल घटनास्थलमा पुगेको छ । घटनाबारे विस्तृत विवरण आइनसकेको प्रहरीले जनाएको छ ।

Related posts