पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै विद्यार्थीको आन्दोलन (तस्बिरहरू)

काठमाडौं, जेठ ११ । पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै संयुक्त विद्यार्थी संगठनले नेपाल आयल निगमको कार्यालय घेराउ गरेका छन् । बुधबार नेपाल विद्यार्थी संघ, अनेरास्ववियू, अखिल क्रान्तिकारी लगायतका विद्यार्थी संगठनले निगमको कार्यालय घेराउ गरेका हुन् ।

उनीहरूले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि खारेज गर, सबै मूल्यवृद्धिको जड पेट्रोलियम पदार्थमा कर, छिटो फिर्ता गर, अब त अति भो महंगी कति हो, जनताको ढाड सेक्ने कर फिर्ता गर लगायत प्लेकार्ड बोकेर प्रदर्शन गरेका छन् ।

यसअघि सांसदहरूले पेट्रोलियम पदार्थको मूल्यवृद्धिबारे संसदमा छलफलका लागि सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएका थिए ।

photo 2022 05 25 13 31 25

photo 2022 05 25 13 31 28

photo 2022 05 25 13 31 37

photo 2022 05 25 13 31 39

Related posts