विनोद मण्डल
सिरहा, जेठ १२ । सिरहाको धनगढीमाई १२ का नवनिर्वाचित वडा अध्यक्ष जय प्रकाश ठाकुरले पदभार ग्रहण गरेका छन् ।
स्थानिय निर्वाचनको चुनावी मैदानबाट निर्वाचित ठाकुरले सपथ ग्रहण र प्रमाणपत्र ग्रहण लगतै वडा कार्यालयको जिम्मेवारी सम्हालेका हुन् ।
कार्यालयको जिम्मेवारी पाए पछि वडा कार्यालयका कर्मचारीहरुले उनलाई स्वागत गरेका छन् ।






