बालेन साहको विजय र्‍याली शुरु

काठमाडौं । काठमाडौंको मेयर जितेका स्वतन्त्र उम्मेदवार बालेन साहको विजय र्‍याली सुरु भएको छ । मतगणनास्थल सभागृहबाट र्‍याली सुरु भएको हो । र्‍यालीमा हज्जारौं बालेनका समर्थकको सहभागिता छ ।

राष्ट्रिय सभागृहबाट सुरु भएको र्‍याली भद्रकाली, शहीदगेट, हुँदै त्रिपुरेश्वर र कलंकीसम्म पुग्नेछ । त्यहाँबाट फेरि स्वयम्भु, बालाजु, महाराजगञ्ज, चाबाहिल, गौशाला, एयरपोर्ट, सिनामंगल, पुरानो बानेश्वर, मैतिदेवी, पुतलीसडक, बागबजार हुँदै खुल्लामञ्चमा गएर समापन गरिने छ ।

Related posts