काठमाडौं, जेठ १६ । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित प्रमुख बालेन्द्र साहले नगर कार्यपालिकाको बैठक लाइभ गर्ने पहिलो निर्णय गरेका छन् ।
सोमबार पदभार ग्रहणपछि साहले नगर कार्यपालिकाको बैठक लाइभ गर्ने निर्णय गरेका हुन् । उनले पदभार ग्रहणपछि सञ्चारकर्मीसँग नगर कार्यपालिकाको बैठक आज दिउँसो ४ बजेलाई बोलाउने र बैठक लाइभ गर्ने प्रतिक्रिया दिए ।
प्रमुख साहले काठमाडौंको फोहोर व्यवस्थापन नभएसम्म आफुले खादा–माला नलगाउने र खुसीयाली पनि नमनाउने बताएका छन् ।






