गुल्मीमा करेन्ट लागेर एक युवतीको मृत्यु

गुल्मी, असार ४ । गुल्मीमा करेन्ट लागेर एक युवतीको मृत्यु भएको छ । जिल्लाको सत्यवती गाउँपालिका – २ ज्यामी ढुसेनीका २३ वर्षीया मन्जु बिकको करेन्ट लागेर शुक्रबार राति मृत्यु भएको हो ।

आफ्नै घरको बिजुलीको प्लगमा होल्डर सहितको तार जोड्ने क्रममा अचानक करेन्ट लागेर गम्भीर घाइते भएकी उनको प्राथमिक स्वास्थ्य केन्द्र रिडीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले भनाई छ ।

घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Related posts