गुल्मीमा पहिलो पटक ग्रामिण अल्ट्रासाउन्ड सेवाको शुभारम्भ

सुरज नेपाली
बुटवल । महिला प्रजनन स्वास्थ्य शिविरको साथमा गर्भवतिहरुलाइ लक्षित गरि ग्रामिण अल्ट्रासाउन्ड सेवा गुल्मीदरबार गाउपालिकाको वडा न १ बोटेगाउबाट शुभारम्भ भएको छ । आज सम्पन्न शिविरमा ९१ जना महिलाहरुलाइ स्वास्थ्य परिक्षण तथा उपचार गरिएको छ ।

उक्त शिविरमा ६४ जनालाइ पाठेघरको मुखको क्यान्सरको जाँच(VIA Test), ७ जनालाइ परिवार नियोजनको लामो गर्भान्तर सेवा, १० जना गर्भवतिहरुलाइ अल्ट्रासाउन्ड (Video X ray )सेवा र १० जना आमाहरुलाइ पाठेघर खस्ने समस्याको निदान्न्र उपचार गरिएको छ ।

आजको शिविरमा गुल्मी अस्पतालका तालिम प्राप्त नर्सहरु कमला श्रीष र आशा बुढाथोकी, गुल्मिदरबार गाउपालिका स्वास्थ्य शाखाकी स्टाफ नर्स एलिना खड्का, बलिथुम स्वास्थ्य चौकिकी स्टाफ नर्स गोमा कार्कि, अनमी मिना गाहा र प्रतीक्षा माझकोटी, बिरबास स्वास्थ्य चौकिकी सि अनमी लक्ष्मी परियार, दरबार देबिस्थान स्वास्थ्य चौकिकी अनमी सुमन पन्थी, जुभुङ्ग स्वास्थ्य चौकीकि हेअ बिमला ढेगा, अनमी पार्वती रास्कोटी र बोटेमाझी कुमाल गाउ सामुदायिक स्वास्थ्य इकाइका अहेव कपिल भण्डारी सहितको स्वास्थ्यकर्मीहरुको टिम र ३ जना महिला स्वास्थ्य स्वयमसेबिकाहरु परिचालन गरिएको थियो ।

आज एक समारोहका बिच गुल्मिदरबार गाउपालिकाका उपाध्यक्ष श्री तारा थापाद्वारा उक्त सेवाको शुभारम्भ गरिएको हो । उदघाटन मन्तब्य राख्दै उपाध्यक्ष थापाले स्वास्थ्य क्षेत्रका लागि गाउपालिकाले उच्च प्राथमिकताका साथ कार्यक्रम ल्याउने बताए । कार्यक्रममा बोल्दै स्वास्थ्य कार्यालय गुल्मिका प्रमुख पशुपती आचार्यले स्वास्थ्य क्षेत्रमा गुल्मिदरबार गाउपालिकाले नबिनतम कार्यक्रमहरु सन्चालन गरि देशमै उदाहरणिय बनेको जनाए ।

गुल्मिदरबार गाउपालिकाका स्वास्थ्य अधिकृत नारायण प्रसाद अर्यालले गुल्मिदरबार गाउपालिकामा यो सेवा सन्चालनको लागि पहल गरिदिनुहुने स्वास्थ्य सेवा बिभाग परिवार कल्याण महाशाखा, प्रदेश स्वास्थ्य निर्देशनालय र स्वास्थ्य कार्यालय गुल्मिप्रती आभार प्रकट गरेका थिए । यो सेवा शुरु हुनुपुर्ब गुल्मीदरबारका गर्भवती महिलाहरु यो सेवा लिनका लागि सदरमुकाम तम्घास तथा पाल्पासम्म जानुपर्ने बध्यता रहेको थियो ।

उदघाटन कार्यक्रममा जनप्रतिनिधी, स्वास्थ्यकर्मी, महिला सामुदायिक स्वास्थ्य स्वयमसेबिका, सेवाग्राही लगायतको उपस्थिती रहेको सो कार्यक्रममा मजुवा प्रहरी चौकिका प्रहरीहरुको समेत उपस्थिती रहेको थियो ।

गुल्मिदरबार गाउपालिका – १ का अध्यक्ष श्री राजेन्द्र प्रसाद कण्डेलको अध्यक्षता, गाउपालिका उपाध्यक्ष तारा थापाको प्रमुख आतिथ्यता, स्वास्थ्य कार्यालय गुल्मिका प्रमुख पशुपती आचार्य विशिष्ट अतिथी रहेको उक्त कार्यक्रममा स्वागत् मन्तब्य बलिथुम स्वास्थ्य चौकिका प्रमुख दिल बहादुर थापाले राखेका थिए ।

कार्यक्रमको सहजिकरण गुल्मिदरबार गाउपालिकाका स्वास्थ्य अधिकृत नारायण प्रसाद अर्यालले गरेका थिए ।

Related posts