रोल्पामा ब्युटी पार्लर तालिम लिईरहेकी किशोरी मृत भेटिईन

रोल्पा । रोल्पामा एक किशोरी मृत फेला परेकी छन्। रुन्टीगढी गाउँपालिका-५ छिन्नेटाकी १७ वर्षीया कृष्णी विक मृत फेला परेको प्रहरीले जनाएको छ।

मृतक विक घरेलु तथा साना उद्योग विकास कार्यालय रोल्पाले सदरमुकाम लिवाङमा सञ्चालन गरेको ब्युटी पार्लर तालिममा सहभागी हुन केही समय अघि सदरमुकाम लिवाङ आएकी थिइन्। उनी घरेलु तथा साना उद्योग कार्यालय रोल्पाको होस्टेलमा बसेकी थिइन्।

मृतक सुतेको कोठामा सर्पसमेत देखिएको र सर्पले टोकेको जस्तो घाउ देखिएकाले सर्पले टोकेको हुन सक्ने आशंका गरिएको प्रहरीको भनाइ छ । मृतक किशोरीको पोष्टमार्टम रिपोर्ट आउन बाँकी रहेको प्रहरीले जनाएको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Related posts