रामेछाप, असार २१ । रामेछापको सुनापती गाउँपालिका–५ स्थित लुभुघाटमा बस दुर्घटना भएको छ । रामेछापको हिलेदेवीबाट काठमाडौं आउँदै गरेको बा.३ ख ८३९६ नम्बरको यात्रुबाहक बस लुभुघाटमा दुर्घटना भएको हो ।
दुर्घटनामा परेर ४० जना घाइते भएको रामेछापका डिएसपी राजकुमार थिङले बताए । घाइतेहरुको उद्दार कार्य जारी छ । एम्बुलेन्सबाट ७ जनालाई धुलिखेल अस्पतालमा पठाइएको छ ।
लुभुखोला माथिको घुम्तीबाट बस तल खसेको छ । विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।






