मेक्सिकोमा हेलिकप्टर दुर्घटना हुँदा १४ जना सैनिकको मृत्यु, एक जना बाँच्न सफल

मेक्सिकोसिटी, असार ३२ । मेक्सिकोमा हेलिकप्टर दुर्घटना हुँदा १४ जना सैनिकको ज्यान गएको छ । यो दुर्घटनामा एक जना बाँच्न सफल भएका छन् ।

उत्तरी मेक्सिकोमा लागुऔषध तस्करीमा संलग्नलाई पक्राउ गर्न खटिएको सैनिक हेलिकप्टर दुर्घटना हुँदा उनीहरुको ज्यान गएको मेक्सिकोको नौसेनाले जनाएको समाचार संस्था सिन्ह्वाले उल्लेख गरेको छ ।

नौसेनाको स्वामित्वमा रहेको ब्ल्याक हक हेलिकप्टरले उत्तरी राज्य सिनालोआमा एकदिन अघि पक्राउ परेका गुआडालाजारा कार्टेलका संस्थापक राफेल कारो क्विन्टेरो बोकेको अर्को विमानको सुरक्षा गरिरहेको थियो।

अमेरिकाले आफ्ना अधिकारी एनरिक क्यामरेना सालाजारको हत्या गरेकाले राफेललाई सुपुर्दगी गर्नुपर्ने माग गर्दै आएको छ । यो विषयलाई लिएर मेक्सीको र अमेरिकाबीचको सम्बन्ध केही समय तनावपूर्ण भएको थियो । एजेन्सी

Related posts