प्रचण्डलाई नेता मान्न सकिएन – शेरवहादुर तामाङ

फागुन ८,काठमाडौं ।
विघटित प्रतिनिधिसभा सदस्य तथा नेकपा केन्द्रीय सदस्य शेरवहादुर तामाङ र प्रदेश १ को प्रदेशसभा सदस्य उषाकला राईले प्रचण्ड-माधव नेपाल समूह परित्याग गरेका छन् ।

शेरवहादुर र उषाकला दम्पत्ती आजै केपी ओली पक्षमा खुल्ने भएका छन् । तामाङ पार्टी विभाजन लगत्तै एक दिन ओली पक्षको संसदीय दलको बैठकमा सहभागी भएर प्रचण्ड-माधव पक्षमा लागेका थिए ।

नवल पुर टुडे संग कुराकनी गर्दे सिन्धुपाल्चोक क्षेत्र नम्बर २ का सासंद समेत रहेका तामाङले भने–प्रचण्डलाई नेता मानेर उनलाई बोकेर हिड्न सकिएन,त्यसैले हामी अब संस्थापन नेकपा मा नै छौ ।’
आजै विराटनगरमा आयोजना हुने आमसभाबाट उषाकलाले अ‍ोली पक्षमा लागेको घोषणा गर्ने बताइएको छ ।

Related posts