रुपन्देही, साउन १४ । प्युठानको स्वर्गद्वारी नगरपालिका – ४ भ्यागुतेमा बोलेरो जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् ।
स्वर्गद्वारी मन्दिर दर्शन गरेर फर्किदै गरेका तिर्थयात्री बोकेको लु ३ च ३५३ नम्बरको सिङ्गल क्याप बोलेरो अनियन्त्रित भई दुर्घटना भएको हो । उक्त गाडीमा १७ जना यात्रु सवार थिए । घाइतेमध्ये ९ जनाको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय भिङ्ग्री प्यूठानले जनाएको छ ।
रुपन्देहीको मायादेवी गाउँपालिका – ३ की ३२ वर्षीय गुडिया ठाकुरको मृत्यु भएको प्रहरीले बताएको छ । घाइतेहरूलाई प्राथमिक स्वास्थ्य केन्द्र भिङ्ग्रीमा प्राथमिक उपचार पछि एडवन सिटी अस्पताल बुटवल पठाउने क्रम जारी रहेको छ ।
रुपन्देहीको मायादेवी गाउँपालिका र सिद्धार्थ नगरपालिकाका तिर्थयात्रीहरू स्वर्गद्वारी मन्दिर दर्शनका लागि गएका थिए ।






