आज एयर इन्डियाकाे विमानबाट १०लाख डाेज भ्याक्सिन नेपाल आउदै

फागुन ९, काठमाण्डाै ।
भारतबाट आज कोरोना भाइरसविरुद्धको थप १० लाख डोज खोप नेपाल आइपुग्ने भएको छ।

IMG 20210221 073732 537

सरकारले सेरम इन्टिच्यूट अफ इण्डियाबाट उत्पादित १० लाख डोज कोभिशिल्ड खोप ल्याउन लागेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नवलपुर टुडे लाई जानकारी दिएको छ।

मन्त्रालयका अनुसार २० लाख डोज खोप खरिदको लागि सम्झौता भएकोमा पहिलो खेपमा १० लाख डोज खोप ल्याउन लागिएको हो।
एयर इण्डियाको विमानबाट आइतबार दिउँसो साढे १ बजे खोप आइपुग्ने मन्त्रालयले जनाएको छ।

Related posts