नेपाल आयुर्वेद औषधी ब्यवसायी संघद्वारा लहानका मेयर चौधरीलाई सम्मान

महेश सिंह
सिरहा । लहानका मेयर महेश प्रसाद चौधरीद्वारा नेपाल आयुर्वेद औषधी ब्यवसायी संघद्वारा सम्मान गरिएको छ । सोही कार्यक्रममा मेयर चौधरीले आयुर्वेद औषधी ब्यवसायी संघद्वारा प्रकाशित गरिएको क्यालेन्डर बिमोचन गरिएको छ ।

संघका जिल्ला अध्यक्ष प्रियरंजन उपाध्यायको अध्यक्षतामा सुरु भएको कार्यक्रममा लहानका मेयर महेश चौधरी प्रमुख अतिथि रहनु भएको थियो । प्रमुख अतिथि चौधरीका अनुसार आयुर्वेद संग जोडिएका स्वास्थकर्मीलाई दर्ता प्रक्रियामा आउन ध्यानाकर्षण गराउदै संघका लागी कार्यालय भवन व्यवस्थापनको लागी लहान नगरपालिकाले गर्ने बताए ।

संघका जिल्ला अध्यक्ष उपाध्यायका अनुसार आयुर्वेद पद्धतिको उपचार संसारमा भरपर्दो गुणस्तरीय हुँदै गएको बताए । जस्तोसुकै रोगको बिरामीहरु ठिक हुने र आयुर्वेद औषधीको कुनै साईड ईफेकट नरहेको उनले दाबी गरेका थिए। लहानमा आयुर्वेदलाई नमूना कै रूपमा बनाउन लहान नगरपालिकालाई अनुरोध र ध्यानाकर्षण गराएका थिए।

अतिथिहरुमा वडा नम्बर ७ अध्यक्ष राम औतार शर्मा, संघका मधेस प्रदेश उपाध्यक्ष गौरीशंकर ठाकुर, प्रदेश महासचिव रोशन मिश्रा आयुर्वेद बुझिएका जय नारायण यादव, पत्रकार फिरोज शेख गोर्खा टेलिभिजनका सिरहा सम्बादाता महेश सिंह, मो. रहमुल लगायतका बुद्धिजीवीहरुको उपस्थिति रहेको थियो। कार्यक्रमको संचालन आयुर्वेद डा. उमेश साहले गरेका थिए ।

Related posts