जिल्ला प्रशासन कार्यालय नवलपुरको कम्जोर व्यवस्थापनका कारण सेवाग्राहीहरुलाई सास्ती

तिलु खोँजेली मगर
नवलपुर, २२ श्रावण । नवलपुर जिल्लाको जिल्ला प्रशासन कार्यालयमा व्यवस्थानको कमी कमजोरीका कारण दैनिकरूपमा सेवाग्राहीहरुले सास्ती भोग्न बाध्य भएका छन् ।

राष्ट्रिय परिचय पत्रको फारम दैनिक ८० जनाले भन्दा‌ बढीले‌ भर्न नपाउने भएकोले पालो नपाउला‌ की भनेर सेवाग्राहीहरु बिहान ७ बजेदेखि नै लाईनमा‌ बस्न बाध्य छन् । लाइनमा बस्दा‌‌ पनि पावर र पाहुँच हुनेहरुले बिच-बिचमा‌ घुसाउने गर्दा सोझा साझाहरु घण्टौसम्म लाईनमा बस्दा पनि काम नबन्ने गरेको सेवाग्रहीहरुको गुँनासो छ । जिल्ला प्रशासन कार्यालयले एक बर्ष अगाडी नै राष्ट्रिय परिचय पत्रको फारम भर्नको लागी हरेक पालिकाका प्रत्येक वडाहरुमा सिबिर सञ्चालन गरेता पनी त्यस बखतमा भरेका‌ कतीपय फारमहरु अहिल्यैसम्म पनि एप्रुभ नभएको‌ले परिचय पत्रको नम्बर नआउने गर्दा सेवाग्राहीहरुले थप सास्ती भोग्नु परेको हो ।

एकजना युवाले भन्नुभयो `म‌ राहदानीको फारम भर्न आएको दुई दिन भइसक्यो । अहिलेसम्म फारम भर्न पाएको छैन । शोर्स-फोर्स लगाउन सकेको भए त हिजो नै बन्ने‌ थियो होला । त्यसको लागी पहुँच नै छैन । मलाई त लाग्छ, यहाँ त कार्यालयको बिधान र उचित व्यवस्थापन अनुसार सेवाग्राहीहरुलाई सेवा दिनुभन्दा पनि पावर, पहुँच र घुस अनुसार काम भएको जस्तो लाग्छ र त्यो कुरा यहाँका हरेक क्षेत्रका कर्मचारीहरुको क्रियाकलाप र‌‌ व्यवहारले‌ स्पष्ट पार्छ ।´

यति मात्र होइन यहाँको समस्या यहाँका कार्यालय, यहाँको C.D.O, हाकिमहरुको शान र माथिल्लो तह देखी तल्लो तहसम्मका कर्मचारीहरुको शान बाहिरबाट जस्तो शानदार देखिन्छ । कार्यालयभित्र पसिसकेपछि हामीले त्यसको बिपरित पाउँछौ । किन भने त्यो कार्यालयमा न त कार्यालय भित्रका संरचनाहरुको व्यवस्थापन राम्रो छ न त सेवाग्राहीहरुको उचित व्यवस्थापन नै शौचालयभित्र त झनै पसिनसक्नु छ । न त पानीको सुबिधा नै छ । शौचालयभित्र भोला‌‌ र‌ सेनेतरी प्याडको खोल जथाभाबी फालेर राखेको देखिन्छ, भने कार्यालयको वरीपरी फोहोर राख्नको लागी डस्बिन राखिएता पनि फोहोर भरिएर बाहिर पोखिएर गन्हाउदा‌ पनि फोहोरको उचित व्यवस्थापन भएको छैन । यो विषयमा सम्बन्धित निकायको ध्यानाकर्षण हुन जरुरी देखिन्छ ।

Related posts