करिब २ हप्तादेखि पालिकामा अध्यक्ष अनुपस्थित, मनोमानी गर्दै स्वास्थ्य शाखा प्रमुख

नवलपरासी, भदाै १९ । पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका यतिबेला विषम परिस्थितिबाट गुज्रँदै आएको देखिन्छ । पालिकाको प्रशासनिक निकायमा कार्यरत स्वास्थ्य शाखा प्रमुख हरिशंकर गुप्ताकाे एकल निर्णयले सीमा नाघेपछि उनको कार्यशैलिको चौतर्फी आलोचन हुन थालेको छ । आफ्ना मातहतका कर्मचारीलाई वाक्क दिक्क बनाएका गुप्ताले शाखामा हैकमवादी चरित्र प्रदर्शन गर्दै आएका छन् ।

आफ्नो शाखामा मनोमानी गर्दै पालिकाको प्रशासनिक निकायलाई चुनौती दिँदै पालिकाको प्रमुख दीपक गुप्ता करिब १४ दिनदेखि कार्यालयमा अनुपस्थित रहेको अवस्थामा आफ्ना गतिविधिलाई अघि सारेका हुन् । करिब दुई साता बढी समयदेखि पालिकामा अनुपस्थित अध्यक्ष दिपक गुप्ता (बैजु) कार्यालयमा नरहेको अवस्थामा कानुनलाई नाघ्दै उपाध्यक्षको पदिय मर्यादलाई ख्याल नगरी बिना जानकारी स्वास्थ्य शाखाको वार्षिक प्रगति समिक्षा गाेष्टी स्वास्थ्य शाखा प्रमुख हरिशंकर गुप्ताले राखेको पाईएको छ ।

स्थानिय सरकार सञ्चालन ऐन २०७४ अन्तर्गत उपाध्यक्ष वा उप-प्रमुखकको काम, कर्तव्य र अधिकार ।

१. न्यायिक समितिको संयोजक भइ काम गर्ने ।

२. अध्यक्ष वा प्रमुखको अनुपस्थितिमा निजको कार्यभार सम्हाल्ने ।

३. गैरसरकारी संघ संस्थाका क्रियाकलापको समन्वय गर्ने ।

४. उपभोक्ता हित संरक्षण सम्बन्धी कार्यको समन्वय गर्ने ।

५. योजना तथा कार्यक्रमको अनुगमन तथा सुपरिवेक्षण गरि सोको प्रतिवेदन बैठकमा पेश गर्ने ।

६. सभा र कार्यपालिकाद्वारा गठित समितिहरुको काममा सहजीकरण र समन्वय गर्ने ।

७. सात दिनभन्दा बढि समय गाउँपालिका वा नगरपालिकामा अनुपस्थित हुने भएमा अध्यक्ष वा प्रमुखलाइ जानकारी गराउने ।

८. सभा, कार्यपालिका तथा अध्यक्ष वा प्रमुखले प्रत्यायोजन गरेका वा तोकेका अन्य कार्य गर्ने ।

पदीय मर्यादा बाहिर गएर आम जनताबाट निर्वाचित जनप्रतिनिधिलाई पाखा लगाउँदै बिना पूर्व जानकारी आफैले पालिकामा कार्यक्रमको आयोजना गर्नु गराउनु दुःखद भएको पालिका उपा-अध्यक्ष फतिमा खातुन बताउनुहुन्छ ।

आफू खुशी स्वास्थ्य कार्यक्रमको आयोजना गरेको गुप्ताको कालो कर्तुतको बारेमा थाहा पाएर स्वास्थ्य शाखा प्रमुख हरिशंकर गुप्तालाई कार्यक्रमकाे बारेमा साेधपुछ गर्दा फतिमालाई गुप्ताले दादागिरी देखाउँदै तपाईंलाई के काे मतलब ? किन सोध्नु पर्छ ? भन्दै गुप्ताले फतिमालाई जवाफ फर्काएका थिए ।

विगतका दिनहरूमा दादागिरी देखाउँदै आएका गुप्ताले गर्दा त्यहाँ कार्यरत कर्मचारी समेत तनावमा रहेका छन् । औषधी वितरण लगायतका पक्षमा अत्यन्त कमजोर देखिएका गुप्ताले स्वास्थ्य शाखामा आफ्नो हैकम र दादागिरीको पछाडी राजनीतिक चम्चागिरीको राज गरिरहेको स्थानियको ठम्याई रहेको छ ।

पालिकामा भ्रष्टाचारले सीमा नाघिरहदा पनि समस्या समाधानको उपायको खोजी नगर्नु तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ध्यान केन्द्रित नहुनु चिन्ताको विषय बनेको अवस्था रहेको पाइन्छ ।

Related posts